भायानेट कम्युनिकेसनले मनायो डिआरएसको विजय उत्सव

By Vianet Communication Ltd.,

प्रेस विज्ञप्ति

भायानेट कम्युनिकेसनले मनायो डिआरएसको विजय उत्सव

27 माघ, २०७९, काठमाडौं

सन् २०२२ को पीएमजीसी ग्रान्ड फाइनलमा उपविजेता बनेको पबजी मोबाइल टोली डिआरएस गेमिङको विजयलाई भायानेट कम्युनिकेसनको कार्यालय परिसरमा मनाइयो। भायानेट कम्युनिकेसन डीआरएसको आईएसपी पार्टनर, प्रायोजक र लामो समयदेखि समर्थक हो। कम्पनीद्वारा आयोजित एक कार्यक्रममा डीआरएसका टोलि सदस्य दीपेश गुरुङ, शाहस भण्डारी, सुविन कुमार प्रजापति र समर गुरुङलाई भायनेटका प्रमुख कार्यकारी अधिकृत सेवा पाठक बोहराले सम्मान गर्नुभएको थियो।

कार्यक्रममा डिआरएसले पीएमजीसी ग्लोबल च्याम्पियनसिपको आफ्नो फाइनलसम्मको प्रेरणादायी यात्रा र उहाँहरुको ग्लोबल पीएमजीसी एरेनामा अगाडि बढ्न नेपालको इन्टरनेट कनेक्टिभिटीको भूमिकाका बारेमा बोल्नु भएको थियो । उहाँहरुले नेपालको इन्टर्नेट कनेक्टिभिटीले नेपाली इस्पोर्ट उद्योगलाई विकसित गर्न र व्यावसायिक गेमरहरूलाई विश्वव्यापी प्रतिस्पर्धा गर्न अनुमति दिने अन्तर्राष्ट्रिय स्तरको बनाउनको लागी लामो यात्रा गरेको उल्लेख गर्नु भयो । डिआरएस गेमिङका अपरेसन प्रमुख संगिन भट्टराईले कम पिङ, स्थिर जडान र शीघ्र सेवाका कारण नै भायानेटको इन्टरनेट उनीहरूको पहिलो रोजाइमा परेको पनि बताउनु भयो ।

भायानेट सीईओ सेवा पाठक बोहराले कम्पनी गेमरहरूको रोजाइको इन्टरनेट बन्न प्रतिबद्ध रहेको र गेमिङलाई नेपालमा प्रोत्साहन गर्नका लागि गेमिङ लक्षित उत्पादनलाई थप विस्तार गर्दै लैजाने लक्ष्य रहेको बताउनुभयो। उक्त कार्यक्रममा बोहराले कम्पनीले नेपालको ईस्पोर्ट उद्योगलाई सहयोग र समर्थन गर्न जारी राख्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

नेपालको सबैभन्दा लोकप्रिय पबजी टोलीहरू मध्ये एक डिआरएस गेमिङले जनवरी आठमा इन्डोनेसियाको जकार्तामा आयोजित सबैभन्दा ठूलो पबजी गेमिङ प्रतियोगितामा विश्वभरका ५१ उत्कृष्ट टोलीहरू मध्ये उपविजेता बनेर इतिहास रचेको थियो। टोलीका सदस्यहरूले उक्त ऐतिहासिक प्रदर्शनको लागि दुई लाख डलर नगद राशि जित्न सफल भएका थिए।

डिआरएसको ऐतिहासिक जितले नेपाल र नेपालीका लागि गेमिङको सम्भावना देखाउँछ। विकासशील देशको सीमितताहरूको बावजुद इन्टरनेट प्रविधिमा भइरहेको तिब्र गतिको सुधारका कारण आफ्नो सपना पछ्याउन इच्छुक गेमरहरूलाई प्रशस्त सम्भावना रहेको छ। नेपालको अग्रणी इन्टरनेट र आईपीटिभी सेवा प्रदायक मध्ये एक भायानेट यो सम्भावनालाई यथार्थमा बदल्न सहयोग गर्न चाहन्छ।

नेपालको अग्रणी इन्टरनेट र आईपीटिभी सेवा प्रदायक मध्ये एक भायानेट सन् १९९९ मा स्थापना भएको थियो। आफ्नो स्थापना देखि नै भरपर्दो र किफायती ब्रोडब्यान्ड इन्टरनेट सेवाहरू प्रदान गर्नमा अग्रणी स्थानमा रहेको कम्पनिले सन् २०११ मा सामान्यतया एफटिटीएएच भनेर चिनिएको फाइबर अप्टिक्स इन्टरनेटलाई पहिलो पटक नेपालमा ल्याएको थियो। यसरी बिना कुनै पनि सेरिङ्ग रेसियो इन्टरनेट सेवा प्रदान गर्ने पहिलो कम्पनी बनी भायानेटले नेपालमा इस्पोर्ट गेमिङ उद्योग स्थापना गर्ने आधार तय गर्नमा अग्रणी भूमिका निभाउँदै आएको छ।

Vianet Celebrates DRS’s Victory in PUBG Mobile Global Championship

By Vianet Communication Ltd.,

PRESS RELEASE

Vianet Communication, as an ISP Partner and Sponsor, celebrates DRS’s victory in PUBG Mobile Global Championship

January 13th, 2022, Kathmandu

The victory of Nepali PUBG Mobile team DRS Gaming, who earned a runner-up finish in the 2022 PMGC grand finals, was celebrated at Vianet Communication’s office premises. Vianet is the ISP Partner, sponsor, and long-time supporter of DRS. Deepesh Gurung, Shahas Bhandari, Subin Kumar Prajapati, and Sammer Gurung, members of the DRS team, were acknowledged by Vianet CEO Sewa Pathak Bohra at an event organized by the company.

DRS spoke at the event about their inspirational journey to the final of the global championship and how Nepal’s internet connectivity enabled them to advance in the global PMGC arena. They mentioned how Nepal’s Internet connectivity has come a long way to meet International standards allowing the Nepalese esports industry to evolve and allow professional gamers to compete Worldwide. Mr. Sangin Bhattarai, Head of Operations of DRS Gaming, further noted how Vianet has been their first preference for the Internet due to its low ping, stable connection, and prompt service.

Vianet CEO Sewa Pathak Bohra assured the DRS team that the company is committed to continue being the preferred Internet of choice for gamers and is further aiming to enhance Vianet’s product portfolio curated for gaming. The company will continue to support the esports industry in Nepal.

On January 8, DRS Gaming, one of the most popular PUBG teams in Nepal made history by becoming the first runner-up in the biggest PUBG gaming tournament featuring 51 teams worldwide hosted in Jakarta, Indonesia. The team members shared a cash prize of $200,000 for their historic performance.

The historic win demonstrates the potential of gaming in Nepal. Despite the limitations of a developing country, internet connectivity has improved, and modern technologies promise plenty for passionate gamers willing to follow their passions.

Vianet Communication Ltd. is one of the leading internet and IPTV service provider in Nepal. Established in 1999, Vianet has always remained at the forefront of providing reliable and affordable Broadband Internet Services. In 2011, Vianet pioneered Fiber Optics Internet more commonly known as FTTH internet service and became the first ISP in Nepal to provide dedicated speeds without any sharing ratio thus paving the way for the gaming industry in the country.

फुटबल विश्वकपको अवसरमा भायाटिभीले ल्यायो उत्साहजनक अफर

By Vianet Communication Ltd.,

प्रेस विज्ञप्ति

भायाटिभीको सदस्यता लिने ग्राहकले नयाँ हिमस्टार टिभी खरिदमा ५१% सम्म छुट पाउने

२० कार्तिक, २०७९, काठमाडौं

आउँदै गरेको फिफा विश्वकप-२०२२ लाई मध्यनजर गर्दै भायाटिभीले आफ्ना ग्राहकहरूका लागि आकर्षक अफर लिएर आएको छ। उक्त अफर अन्तर्गत भायाटिभीका ग्राहकहरुले मात्र रु. ५०० मा फुटबल विश्वकपका सबै खेलहरू लाइभ हेर्नका साथै ३२” देखि ४३” सम्मका नयाँ हिमस्टार टिभी सेटहरूमा ५१% सम्म छुट पाउनेछन्। भायाटिभीका हालका ग्राहकहरूले रु. ५०० मा सबै विश्वकप खेलहरू हिमालय एचडी च्यानलमा प्रत्यक्ष हेर्न सक्नेछन्। यो अफर सेट-टप-बक्स प्रयोगकर्ताहरूको लागि मात्र मान्य हुनेछ।

यसबाहेक भायाटिभीको “ब्रिंग होम द गेम” अफर अन्तर्गत ग्राहकहरूले रु. १५० प्रति महिना सम्ममा भायाटिभी र रु. ९९९ प्रति महिना सम्ममा २०० एमबिपिएस भायानेट अल्ट्रा-फाई इन्टरनेट पनि पाउन सक्नेछन्। वार्षिक सदस्यता लिने वा नवीकरण गर्ने दुवै ग्राहकले यसरी इन्टरनेट र टिभी जोडे वापत नयाँ हिमस्टार टिभीमा ५१% सम्म छुट पाउन सक्नेछन्। यसरी ग्राहकले ३२ इन्चको हिमस्टार एलईडी टिभी मात्र रु. १२,१२३ सम्ममा र ४३ इन्चको स्मार्ट टिभी मात्र रु. २४,३३५ सम्मको मुल्यमा खरिद गर्न पाउने छन्।

यसका साथै भायाटिभीको आइएसपि पार्टनर भायानेट कम्युनिकेसन्सले पहिलो पटक इन्स्टलेसन गर्दा डुअल ब्यान्ड ओएनयु र सेट-टप-बक्समा छुट उपलब्ध गराउनुका साथै विशेष छुटमा एमआई राउटर वा नोकिया मेस बिकन १.१ राउटर मध्ये एउटा एक्स्ट्रा राउटर पनि लिन सक्ने विकल्प दिएको छ।

यो अफर नोभेम्बर २० मा सुरु हुने फुटबल विश्वकपको प्रतिक्षामा रहेका सबै फुटबल फ्यानहरूका लागि विशेष रहन सक्छ। भायाटिभी, नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायकमध्येको एक भायानेट कम्युनिकेसन्सको आई.पि.टि.भी. सेवा हो।

थप जानकारीका लागि: www.vianet.com.np/worldcupoffer

viaTV Launches an Exciting Offer for the upcoming World Cup

By Vianet Communication Ltd.,

PRESS RELEASE

viaTV subscribers can get up to 51% off new Himstar TV sets

November 6th, 2022, Kathmandu

With the FIFA World Cup Qatar 2022 right around the corner, viaTV has announced an exciting offer for its customers. In this offer, along with viaTV subscription, customers can now purchase Himalaya TV HD Premium Channel at Rs. 500 one-time charge to watch all Worldcup games live and also get up to a 51% discount on new Himstar TV sets ranging from 32” to 43”.

To watch the Worldcup, already viaTV customers can simply purchase Himalaya TV HD Premium Channel at Rs. 500 one-time charge to watch all Worldcup games live. This offer is only valid for Set-Top-Box users.

Furthermore, as part of viaTV’s “Bring home the game” world cup offer, customers can subscribe or renew to viaTV service with 175+ Channels for as low as Rs. 150 per month along with Vianet Ultra-Fi 200 Mbps Internet plan at Rs. 999 per month on yearly subscription and get up to a 51% discount on new Himstar TV sets ranging from 32” to 43”. 32” LED TV is available as low as Rs. 12,123 and 43” SMART TV at Rs. 24,335.

On top of this, viaTV’s ISP partner, Vianet Communications, is also providing discount on one time installation charges of Dual Band ONU, Set-Top-Box as well as choice of discount on additional router between Mi Router and Nokia Mesh Beacon 1.1 router.

The offer can be especially exciting for all the football fans imperiously waiting for the November 20 kick-off of the football fiesta.

viaTV is an ipTV service owned and operated by Vianet Communications, a leading ISP in Nepal.

For More Information: www.vianet.com.np/worldcupoffer

भायानेटले ल्यायो आकर्षक दशैँ अफर

By Vianet Communication Ltd.,

प्रेस विज्ञप्ति

भायानेटका अल्ट्रा-फाई ग्राहकहरूले अब मेस राउटर प्राप्त गर्ने

२७ भाद्र, २०७९, काठमाडौं

आउँदै गरेको दशैंमा आफ्नो ग्राहकलाई थप सुविधा दिने उद्देश्यले भायानेटले आकर्षक अफर ल्याएको छ। यो अफर अन्तर्गत अब भायानेटको अल्ट्रा-फाई इन्टरनेट जोड्ने ग्राहकहरूले नोकिया बिकन १.१ मेस राउटर वा एमआई ४.ए डुअल ब्यान्ड राउटर आफ्नो इन्टरनेट सदस्यतामै प्राप्त गर्न सक्नेछन्।

यो दशैं भायानेटको अल्ट्रा-फाई २०० एमबीपीएस इन्टरनेटको वार्षिक प्लान मात्र रु. ९९९ प्रति महिनामा पाउन सकिन्छ। यो प्याकेजमा आउने डुअल ब्यान्ड ओ.एन.यु सँगै अब ग्राहकहरूले नोकियाको बीकन १.१ मेस राउटर वा एमआई ४.ए डुअल ब्यान्ड राउटर मध्य एक छानेर राख्न पाउनेछन्।

यो अतिरिक्त राउटर लिनका लागि ग्राहकले डिपोजिट शुल्क मात्र जम्मा गरे पुग्छ। ग्राहकले मेस राउटर लिनका लागि रु. ४००० र एमआई ४.ए राउटरको लागि रु. १५०० डिपोजिट गर्नु पर्नेछ। कम्पनीले आफ्ना ग्राहकहरूलाई सस्तोमा घरभरि वाइफाइको कभरेज बढाउन मद्दत गर्ने उद्देश्यले यो अफर ल्याएको हो।

साथै भायानेटले वार्षिक सदस्यतामा मात्र रु. १५० प्रति महिनामा भायाटिभी पनि उपलब्ध गराएको छ। यसरी भायाटिभी लिँदा ग्राहकले पहिलो सेट-टप-बक्स मात्र रु. ५०० डिपोजिट गरी प्राप्त गर्न सक्नेछन्।

भायानेटको अल्ट्रा-फाई लाइन अप बजारमा उपलब्ध रहेको सबैभन्दा आकर्षक इन्टरनेट र टिभी प्याकेज मध्ये पर्दछन्। उच्च गतिको इन्टरनेट आवश्यकता भएका प्रयोगकर्ताहरूका लागि अल्ट्रा-फाई लाइन अप विशेष मानिएको छ। अहिले चलिरहेको अल्ट्रा-फाई लाइन अपको मुख्य विशेषता भनेको यसले ग्राहकलाई इन्टरनेट मात्रै वा इन्टरनेटसँगै टिभीका विभिन्न प्याकेजबाट छान्न पाउने सुविधा दिएको छ।

थप जानकारीका लागि दिईएको लिंक हेर्नुहोस् : www.vianet.com.np/home-plan

Vianet Launches an Exciting Dashain Offer

By Vianet Communication Ltd.,

PRESS RELEASE

Vianet Ultra-Fi Subscribers can now get Mesh Router

September 12th, 2022, Kathmandu

Vianet has launched an exciting Dashain offer where Vianet Ultra-Fi Internet subscribers can now get a Nokia Beacon 1.1 Mesh router or Mi 4A Dual Band router along with their Internet subscription.

This Dashain, Vianet is offering Ultra-Fi 200 Mbps Internet plan at Rs. 999 per month on a yearly subscription. Along with the Dual Band ONU offered in that package, customers also get to choose to add an additional router—either the Nokia Beacon 1.1 Mesh Router or Mi 4A Dual Band Router. The cost of these additional routers is included in the subscription cost, customer need only add a refundable deposit of Rs. 4,000 for Mesh Router and Rs. 1,500 for Mi Router. The offer is aimed at helping Vianet’s customers increase WiFi coverage in their homes, affordably.

Additionally, Vianet is also providing viaTV subscription at Rs. 150 per month on a yearly subscription and is providing Set-Top-Box along with the subscription.

Vianet’s Ultra-Fi line of products—Internet and TV plans with the highest Internet speeds at the lowest prices—are best suited for users with high-speed internet requirements. The highlight of the Ultra-Fi product line this season are the different variants of internet only and internet plus viaTV packages that customers can choose as per their needs.

For More Information: www.vianet.com.np/home-plan