भायाटिभीमा फुटबल २०२६ कुपन किन्ने र चलाउने तरिका
Open Your Payment App & Go to Internet
आफ्नो भुक्तानी एप खोल्नुहोस् र इन्टरनेट छान्नुहोस्
आफूले प्रयोग गर्ने भुक्तानी एप खोल्नुहोस्। उदाहरणका लागि: eSewa, Khalti, Fonepay (बैंक एप) वा Connect IPS।
एपभित्र रहेको इन्टरनेट भागमा जानुहोस्।
Select “Vianet” from the List
भायानेट छान्नुहोस्
इन्टरनेट सेवा प्रदायकको सूचीबाट भायानेट छान्नुहोस्।
Enter Your Customer Number
ग्राहक नम्बर राख्नुहोस्
आफ्नो भायानेट ग्राहक नम्बर राख्नुहोस्।
ग्राहक नम्बर थाहा छैन भने, आफ्नो ओएनयू वा राउटरमा टाँसिएको भायानेटको स्टिकरमा हेर्न सक्नुहुन्छ।
Select Football 2026 Coupon
फुटबल २०२६ कुपन छान्नुहोस्
प्याकेज वा बिल छान्नुहोस् भन्ने ठाउँमा थिच्नुहोस् र यो विकल्प छान्नुहोस्:
यो विकल्प भायाटिभी चालु भएका ग्राहकलाई मात्र देखिन्छ।
Review Your Order
अर्डर जाँच गर्नुहोस्
भुक्तानी गर्नु अघि अर्डरको विवरण राम्ररी जाँच गर्नुहोस्। रकम र विकल्प सही छ कि छैन पुष्टि गर्नुहोस्।
Complete the Payment
भुक्तानी पूरा गर्नुहोस्
एपमा देखाइएको निर्देशनअनुसार भुक्तानी पूरा गर्नुहोस्।
Open ViaTV App on Your TV
आफ्नो टिभीमा भायाटिभी खोल्नुहोस्
कुपन किनेपछि, जुन टिभीमा कुपन चलाउन चाहनुहुन्छ, त्यस टिभीमा भायाटिभी खोल्नुहोस्।
Open “Himalaya TV Sports” Channel
हिमाल टिभी स्पोर्ट्स खोल्नुहोस्
लाइभ टिभीमा गएर यो च्यानल छान्नुहोस्:
Activate Your Coupon Code
कुपन चलाउनुहोस्
त्यहाँ कोड छान्नुहोस् भन्ने विकल्प देखिन्छ।
तपाईंले कुपन किन्नुभएको छ भने, त्यो कुपन सूचीमा देखिन्छ। कुपन छानेर चलाउनुहोस्।
कुपन चल्न केही समय लाग्न सक्छ। कुपन सफल रूपमा चलेपछि पुष्टि सन्देश देखिन्छ।
एक कुपन एक टिभीमा मात्र चल्छ। एक पटक कुनै टिभीमा कुपन चलाइसकेपछि, त्यो कुपन अर्को टिभीमा सार्न वा हटाउन मिल्दैन।
यदि तपाईंको घरमा भायाटिभी भएका धेरै टिभी छन् र सबैमा हेर्न चाहनुहुन्छ भने, प्रत्येक टिभीका लागि छुट्टाछुट्टै कुपन किन्नुपर्छ।