वाईफाई वायरलेस Interference भनेको के?

Click To View in English

यदि तपाईले आफ्नो घर र अफिसमा रहेको उपकरणहरुको वाईफाईबाट इन्टरनेट चलाउदा इन्टरनेट ढिलो र बारम्बार disconnect हुने समस्या भोगिरहनु भएको छ भने यसको प्रमुख कारण मध्ये एक वायरलेस interference (दुई वा बढी वाईफाई सिगनलहरु एकापसमा ठोक्किनु, गाभिनु, खप्तिनु) हुनसक्छ तपाइको राउटर वा वाइफ़ाइ भएको ONU बाट निस्केका वाइफाई सिगनललाई अरु सिगनलले अवरोध गरेमा वायरलेस interference सिर्जना हुन्छ, हामीलाई इन्टरनेट ढिलो भएको गुनासो दर्ता गर्ने आदरणीय ग्राहकहरु मध्ये ७५% ग्राहकहरुको ढिलो इन्टरनेटको कारण यहि रहेको देखिएको छ।

वायरलेस interference विभिन्न कारणले हुन सक्दछ, जसमध्ये केहि बढी पाइएका कारण तल लेखिएका छन्।

  1. दुई वा बढी यौटै frequency मा सिगनल फाल्ने राउटर वा वाइफ़ाइ भएको ONU नजिकै वा आसपास राखिएमा।
  2. आफ्नो राउटर वा वाइफ़ाइ भएको ONU अन्य चुम्बकीय बिधुत उपकरणहरु जस्तै टिभी, रेडियो, कोर्डलेस फोन, स्पिकर, माइक्रोवेभ, वाएरलेस भिडियो क्यामेरा, वाएरलेस भिडियो गेम कन्ट्रोलर, वा पुराना ब्लुटूथ (bluetooth) उपकरणहरु नजिकै वा आसपास राखिएमा।

संकास्पद वायरलेस intereference तपाइको समस्याको कारण हो वा होइन भनेर जान्न पहिले आफ्नो ल्यापटप वा कम्प्युटरमा सिधै ONU बाट आएको इथरनेट तार (LAN Cable) जोडी https://www.speedtest.net जस्ता इन्टरनेट स्पीड चेक गर्ने साईटबाट आफ्नो वास्तविक इन्टरनेट स्पीड चेक गर्नुहोस्। इथरनेट तार जोडी चेक गर्दा देखिएको स्पीड र राउटर वा वाइफ़ाइ भएको ONU नजिकै रहेर वाइफ़ाइबाट चेक गर्दा देखाइएको स्पीडमा धेरै फरक देखिएमा तल लेखिएका सम्भावित समाधानहरु अपनाउनु होला।

वायरलेस interference कम गर्न अपनाउन सकिने बिधिहरु।

  1. राउटर वा वाइफ़ाइ भएको ONU लाई माथि उल्लेखित वायरलेस सिगनल फाल्ने अन्य उपकरणहरु बाट सकेसम्म टाढा राख्ने् र कृपया ONU को स्थान आफैले परिवर्तन नगर्नु होला, यसो गर्दा ONU पछाडी रहेको कनेक्टर र त्यस भित्र रहेको संबेदनशील फाइबर भाचींन र बिग्रिन सक्छ र इन्टरनेट काटिन सक्छ। सकेसम्म अन्य उपकरणहरु सार्नुस वा ONU नै सार्नुपरे हामीलाई सम्पर्क गर्नुस।
  2. आफ्नो राउटरको वा वाइफ़ाइ भएको ONU को वाइफ़ाइ च्यानल चौडाई (channel width) परिवर्तन गर्ने।
  3. आधुनिक 5GHz (Dual Band) राउटर प्रयोग गर्ने।

यदि राउटरको स्थान परिवर्तन गरिसकेपछि पनि इन्टरनेटमा सुधार पाउनु भएन भने आफ्नो वाइफ़ाइ च्यानल चौडाई (channel width) परिवर्तन गर्नुहोस्। वाइफ़ाइ च्यानल चौडाई (channel width) ले तपाइलाई आफ्नो इन्टरनेट उपकरणको वाइफ़ाइ च्यानल केहि हदसम्म मिलाउन मिल्छ र तपाइको वाइफ़ाइ frequency अन्य उपकरणहरुबाट आएका सोहि frequency भन्दा फरक हुन्छ र वायरलेस interference पहिले भन्दा कम हुन्छ। वाइफ़ाइ च्यानल चौडाई (channel width) परिवर्तनको लागि ११ वटा च्यानलहरु उपलब्ध हुन्छन र तपाईले आफुलाई सबै भन्दा प्रभावकारी च्यानल सेट गर्न सक्नु हुन्छ र आवस्यक्ता आनुसार परिवर्तन पनि गर्न सक्नुहुन्छ।

यदि तपाई भायानेटले उपलब्ध गराएको वाइफ़ाइ भएको ONU प्रयोग गर्दै हुनुहुन्छ भने आफ्नो वाइफ़ाइ च्यानल सजिलै हाम्रो भायानेट एप्प (Vianet App) वा भायानेट ग्राहक पोर्टल (Vianet Customer Portal) बाट परिवर्तन गर्न सक्नुहुन्छ।

वाइफाई च्यानल परिवर्तन गर्ने प्रक्रिया।

यदि वाइफ़ाइ च्यानल चौडाई (channel width) परिवर्तन गर्दा पनि तपाईको वाइफ़ाइ interference को समस्यामा सुधार आउदैन भने आधुनिक ५ GHz (Dual Band) राउटर प्रयोग गर्नुहोस्। यस राउटरको सिगनलको दायरा पुराना २.४ GHz राउटरहरु भन्दा बलियो र थोरै सिमित हुने भएकाले अन्य उपकरणको सिगनल संग ठोक्किने सम्भावना कम हुन्छ र यसै कारण वाइफ़ाइ interference मा सुधार देखिन्छ। साथै हाल प्रयोगमा भएका सबैजसो राउटरहरुले २.४ GHz frequency फाल्ने भएकोले यसबाट आउने ५ GHz को frequency संग ठोक्किने सम्भावना हुदैन र तपाइको इन्टरनेट प्रयोग सहज हुन जान्छ।

यद्यपी ५ GHz राउटर लिनु अघि तपाईको मोबाइल, ल्यापटप वा अन्य उपकरणहरुले ५ GHz को frequency समात्न सक्छन् वा सक्दैन्नन भन्नेबारे जानकारी लिनु होला र धेरै जस्तो उपकरणले ५ GHz (dual band) WiFi समात्न मिल्ने भएता पनि धेरै पुरानो उपकरणहरुले समात्न नमिल्ने सम्भावना छ। ५ GHz (dual band) राउटर भायानेट मार्फत पनि किन्न सक्नुहुन्छ, यसको बारे बुज्न हामीलाई सम्पर्क गर्नुहोला।