डाटा उल्लंघन/चोरीको घटना बारे आधिकारिक वक्तव्य

Vianet Communication Ltd. ,

आदरणीय ग्राहकवर्ग,

भायानेट कम्यूनिकेशन प्रा.लि. आफ्नो ग्राहकहरुको सूचना प्रणालीमा साइबर घटना भएको पत्ता लगाएको कुरा जानकारी गराउँछ, जसमा केही व्यक्तिगत डाटा जस्तै कि नाम, ठेगाना, इमेल ठेगाना र फोन नम्बरहरुमा अनाधिकारिक घुसपैठ गरिएको छ ।

हामीले डाटा उल्लंघनको श्रोत पहिचान गरी त्यसको रोकथाम गरिसकेका छौं । हाम्रो प्राविधिक टोलीले भविष्यमा हुनसक्ने यस्ता सम्भावित कमजोरीहरुमा नजर राख्न र आवश्यक सुरक्षाको व्यवस्था पनि कार्यान्वयनमा ल्याइसकेका छ ।

हामी अहिले नेपाल सरकारको साइबर क्राइम ब्यूरोसँग सम्पर्कमा छौं र हामीले सम्बन्धित निकायसँग ती डाटाहरु कहाँ अपलोड भएका छन् भनेर पत्ता लगाउन आवश्यक कदम चाल्न अनुरोध गरेका छौं । यो घटनाको बारेमा आन्तरिक टोली, साइबरसेक्योरिटि विज्ञद्वारा विस्तृत छानबिन गरिदैछ र ब्यूरोद्वारा सम्भावित प्रभावको र हामी यो चाँडै नै समाधान होस् भनी आशा राख्दछौं ।

यो अप्ठ्यारो घडिमा, हामीलाई तपाईंको साथ चाहिएको छ र हामी हाम्रो आदरणीय ग्राहकहरुलाई निम्न लिखित सावधानीहरु तुरुन्तै अपनाउनको लागि अनुरोध गर्दछौं ।

  1. कृपया कुनै पनि नचिनेको नम्बरबाट आएको कल र क्ःक् को जवाफ नदिनुहोस् र गैर–प्रमाणित एवं शंकास्पत इमेल नखोल्नुहोस् । कृपया आफ्नो व्यक्तिगत जानकारी यस्ता श्रोतहरुलाई नदिनुहोस् ।
  2. यदि तपाईंलाई भायानेटबाट कल आयो भने, कृपया आएको कल भायानेटकै निम्न आधिकारिक नम्बरहरुबाट आएको सुनिश्चित गर्नुहोस्:
    • ९८०१०४६४१०
    • ०१–५९७०४४४ वा
    • ०१४२१७५५५

    हामी हाम्रा ग्राहकहरुलाई यी नम्बरहरु सेभ गर्न अनुरोध गर्दछौं ताकि तपाईंहरुले आफूलाई आएको कल वास्तवमै भायानेटबाट आए– नआएको सजिलै चिन्नुहोस् ।

  3. यदि तपाईंले भायानेटबाट कुनै पनि इमेलहरु प्राप्त गर्नु भयो भने कृपया उक्त इमेल “@vianet.com.np” डोमेनबाट आए–नआएको सुनिश्चित गर्नुहोस् ।
  4. यदि तपाईंलाई कुनै पनि समस्या परेमा हामीलाई निम्न माध्यमबाट सम्पर्क गर्नुहोस्ः

यो आपराधिक क्रीयाकलापको कारण ग्राहकहरुलाई परेको चिन्ता र असुविधाको लागि हामीले भित्रैदेखि व्यक्त गरेको क्षमालाई कृपया स्वीकार गर्नुहोस् । हामी यस अवस्थाको गम्भीरतालाई राम्ररी बुभ्mछौं र यसको जडसम्म पुग्न र सबै कुरा ठीक गर्नको लागि निरन्तर लागिपरेका छौं । यस सम्बन्धी कुनै पनि महत्वपूर्ण सुधार भएमा वा जानकारी प्राप्त भएमा हामी अपडेट गर्नेछौं ।

विनय बोहरा
रबन्ध निर्देशक
भायानेट कम्यूनिकेशन प्रा. लि.

Categories: News & Events