सूचना (लकडाउन)

 

आदरणीय ग्राहकवर्ग,

२०७६ चैत्र ११ गतेदेखि चैत्र १८ गतेसम्म सरकारले घोषणा गरेको पूर्ण लकडाउनको निर्णयको आदर गर्दै, हाम्रो आउटलेट र क्षेत्रगत सहयोग सेवाहरु यो अवधिको लागि बन्द हुनेछ ।

हाम्रो फोन सहयोग अनलाइन हुनेछ । यद्यपी, कर्मचारीको न्यून उपलब्धताका कारण हामी हाम्रा ग्राहकहरुलाई निम्न माध्यमबाट सम्पर्क गर्न प्रोत्साहित गर्न चाहन्छौंः

  • भायानेट मोबाइल एप
  • फेसबुक च्याट सपोर्टः fb.com/vianetnepal
  • ईमेलः customercare@vianet.com.np
  • SMS: SMS “Vianet Support [तपाईंको ग्राहक ID]” टाइप गरी सपोर्ट टिकेट खोल्नको लागि ३४००१ मा पठाउनुहोस् ।

 

यसबाट ग्राहकवर्गमा पर्न गएको असुविधाको लागि हामी क्षमा प्रार्थी छौं र हालको परिस्थितिलाई उचित तवरले सम्हाल्नको लागि हामी प्रयासरत रहेको कुरामा तपाईंलाई विश्वस्त गर्न चाहन्छौं ।

तपाईंको सहयोगको लागि धन्यवाद
Vianet