सूचना (कोभिड १९)

 

आदरणीय ग्राहकवर्ग,

संसारभरि फैलिरहेको कोरोनाभाइरस (COVID-19) ले नेपालमा निम्त्याउन सक्ने समस्याको बारेमा हामी सबैलाई अवगत नै छ । हालको परिस्थितिमा प्रकाश पार्दै, हामी भायानेट तपाईंहरुलाई विश्वास दिलाउन चाहन्छौं कि हामी आफ्नो तर्फबाट सम्भव भएसम्म हाम्रो कर्मचारी र ग्राहकको सुरक्षाको लागि कार्य गर्दैछौं ।

एउटा अत्यन्त आवश्यक सेवा प्रदायक भएको नाताले अहिलेको समयमा आफ्नो सेवा निरन्तर संचालन गर्न ज्यादै जरुरी रहेको छ । यो महामारीको समयमा हाम्रो कर्मचारी र ग्राहकको सुरक्षाको लागि हामीले निम्न सावधानीको उपायहरु अपनाइरहेका छौंः

  • समस्त फ्रन्ट–ईण्ड स्टाफहरुले मास्क र पञ्जा लगाउन अनिवार्य छ ।
  • कर्मचारीहरुले गर्नुपर्ने कामको लागि शारीरिकरुपमा उपस्थित हुन आवश्यक नभएको खण्डमा कर्मचारीहरुले घरबाटै आफ्नो कार्य गर्न आवश्यक छ ।
  • कर्मचारीको लागि हामीले स्यानीटाइजर सजिलै उपलब्ध हुने गरी राखेका छौं । ग्राहकहरुको लागि हामीले हरेक आउटलेटको प्रवेशद्वारमै स्यानीटाइजर राखेका छौं, जसको प्रयोग गर्नको लागि हामी उहाँहरुलाई अनुरोध गर्दछौं ।
  • संस्थानभरि नै कडा सर–सफाई र स्यानीटेशन प्रकृयाको कार्यन्वयन गरिएको छ । यस अन्तर्गत भाइरस र ब्याक्टेरिया मार्ने कीटाणुनासक औषधि राखेर नियमितरुपमा सबै सतह, उपकरण, बाथरुम, सिङ्क र आउटलेटका सम्पूर्ण क्षेत्रको पूर्ण सफाई गरिन्छ ।

 

हामी हाम्रा समुदायलाई घरमै बस्न र सुरक्षित रहनमा सहयोग पुराउनु भएकोमा कृतज्ञता व्यक्त गर्दछौं । यसका साथै हामी हाम्रा समस्त ग्राहकहरुलाई हाम्रो आउटलेटमा आउँदा मास्क लगाउनु भएकोमा र हाम्रा क्षेत्रगत प्राविधिकहरुलाई आफ्नो परिसर भित्र छिर्नु अघि हात धुन दिनु भएकोमा पनि कृतज्ञ छौं ।

परिस्थितिले अनुमति दिएसम्म आफ्नो कार्य संचालन गर्नको लागि हामी आफ्नो तर्फले सम्भव भएसम्म प्रयास गर्नेछौं । अहिलेसम्म हाम्रो ग्राहक सेवा केन्द्र, फोन सपोर्ट, क्षेत्रगत प्राविधिक सहयोग सेवा संचालनमा छन् र सेवा प्रदान गर्नको लागि तत्पर छन् । यद्यपी हामीले कर्मचारीको संख्यालाई न्यून गरेका छौं, त्यसैले शारीरिक अन्तक्र्रीया न्यून गर्नको लागि हामी उल्लेखित सेवाहरु प्रयोग गर्न प्रोत्साहन गर्दछौंः

Vianet मोबाइल एपः

यो निम्न कार्यहरुको लागि प्रयोग गर्न सकिन्छः
  • एकाउन्टको विवरण हेर्न
  • एकाउन्ट नवीकरण गर्न
  • बीलहरुको अनलाइन भुक्तानी गर्न
  • सपोर्ट टिकेट दर्ता गर्न

 

अनलाइन भुक्तानी साझेदारको एपहरुः
  • आफ्ना बीलहरु हाम्रा विभिन्न अनलाइन भुक्तानी साझेदारहरु जस्तै कि ईसेवा, खल्ती, आईएमई पे, कनेक्ट आईपिएस र अन्य माध्यमबाट भुक्तानी गर्नुहोस् ।

 

सम्पर्क गर्ने माध्यमहरुः
फेसबुक च्याट सपोर्टः fb.com/vianetnepal
ईमेलः customercare@vianet.com.np
SMS: SMS “Vianet Support [तपाईंको ग्राहक ID]” टाइप गरी सपोर्ट टिकेट खोल्नको लागि ३४००१ मा पठाउनुहोस् ।
कल सेन्टरः ०१–५९७०४४४, ९८०१०४६४१०

तपाईंको परिसरमा हाम्रो क्षेत्रगत प्राविधिकहरुको भ्रमण आवश्यकतालाई सीमित गर्नको लागि जरुरी सावधानीकोरुपमा हामी हाम्रा ग्राहकहरुलाई तपाईंको स्थानमा रहेको केबल, राउटर र उपकरण सार्ने कार्य नगर्नको लागि पनि आग्रह गर्दछौं किनकि यसमा क्षति हुने खतरा हुन्छ ।

हाम्रा ग्राहकहरुको लागि उत्कष्ट इन्टरनेटको अनुभव प्रदान गर्नको लागि हामी प्रतिबद्ध छौं । यद्यपी अहिले बढी मानिसहरु घरमै बसेर काम गरिरहेको हुँदा इन्टरनेटको प्रयोग ज्यादै बढ्न गएको छ, नेटवर्क कन्जेशन पनि बढेको छ, जसले गर्दा सम्पूर्ण इन्टरनेटको अनुभवलाई नै असर परेको छ । त्यसैले यो समयमा इन्टरनेटको प्रयोग जिम्मेवारीपूर्वक गर्न हामी आग्रह गर्दछौं । कृपया संचारलाई मनोरञ्जनभन्दा प्राथमिकता दिनुहोला ।

हामी निरन्तररुपमा तपाईंहरुलाई स्थितिको अपडेट प्रदान गर्दै जानेछौं । हामी सबै जनालाई सवधानी अपनाउन र सुरक्षित रहन आग्रह गर्दछौं ।

तपाईंको सहयोगको लागि धन्यवाद
Vianet