भायानेट मिनी प्याक अब भायाटिभी को साथ!

 

प्रेस विज्ञप्ति

भायानेट मिनी प्याक अब भायाटिभी को साथ!

७५ एमबीपीएस इन्टरनेट र भायाटिभी को मज्जा प्रति महिना मात्र रू ८०० मा

२४ फेब्रुअरी २०२२, काठमाडौं;

भायानेटले भायाटिभी सहित मिनी प्याकको नयाँ अफर सुरू गरेको छ। अब ग्राहकहरूले रू ८०० मा ७५ एमबीपीएसको इन्टरनेट प्याकेजको मासिक सब्स्क्रिप्शन सँगै निःशुल्क भायाटिभी पनि प्राप्त गर्नेछन्।

सुपथ मूल्यमा गुणस्तरीय इन्टरनेट सेवा चाहने ग्राहकहरूलाई लक्षित गरी भायनेटले यो मिनी प्याक उपलब्ध गराएको छ। यस अफर मार्फत ग्राहकहरूले उच्च-गतिको इन्टरनेटको साथ-साथै मनोरञ्जनात्मक च्यानलहरू, दुवैको मज्जा लिन सक्नेछन्। भायाटिभी द्वारा ग्राहकहरुले १७५+ च्यानलहरू, चलचित्र र टेलि श्रृंखलाहरू हेर्न सक्नेछन् ।

यसअघि भायनेटले मिनी प्याकमा ७५ एमबीपीएस हाई स्पीड इन्टरनेट सहित नि:शुल्क एनसेल सिम र ४८ जीबी मोबाइल डाटा उपलब्ध गराएको थियो। ग्राहकले अझै पनि रु ८०० प्रति महिनामा यो अफरको लाभ लिन सक्नेछन् ।

यसबाहेक भायाटिभी को सेट-उप बक्समा ‘पज एन्ड प्ले’ को सुविधा रहेको छ जस मार्फत प्रयोगकर्ताहरूले लाइभ टिभी कार्यक्रमहरू पज गरि पछि हेर्ने फाइदा लिन सक्नेछन्। मिनी प्याकका सब्स्क्राइबर हरूले भायाटिभीको सेवा आफ्ना मोबाइल उपकरणमा पनि प्राप्त गर्न सक्छन्। प्रयोगकर्ताहरूले गुगल प्लेस्टोर वा एप्पल एप स्टोर मार्फत भायाटिभी एप डाउनलोड गरी आफ्नो उपकरणहरूबाट भायाटिभी को सुविधाहरू लिन सक्नेछ्न्।

उच्च-गतिको इन्टरनेटको अन्य योजनाहरू अन्तर्गत, भायानेटले अल्ट्रा-फाई इन्टरनेट प्याकहरू पनि उपलब्ध गराई रहेको छ। अल्ट्रा-फाई प्याक को मुख्य विशेषता भनेको १७५ एमबीपीएस इन्टरनेट योजना हो जसको सब्स्क्रिप्शनमा २ वटा भायाटिभी हरू पनि उपलब्ध छन्। यसको मूल्य मात्र रू १२५० प्रति महिना रहेको छ।

मिनी प्याक मार्फत भायनेटले सामान्य उपभोक्ताहरू मात्र नभई उच्च गतिको इन्टरनेट चाहने उपभोक्ताहरूको विशेष आवश्यकता पनि पूरा गर्ने आशा राखेको छ।

थप जानकारीको लागि यस लिंकमा जानुहोस्ः https://www.vianet.com.np/mini/

भायानेट नेपालको एक अग्रणी इन्टरनेट र टिभी सेवा प्रदायक हो र यसले आफ्ना ग्राहकहरूलाई व्यक्तिगत तथा व्यावसायिक दुवै प्रयोजनका लागि नयाँ र नवीनतम इन्टरनेट सुविधाहरू प्रदान गर्दै आएको छ।