भायानेटले ल्यायो EMI अफर

 

भायानेट, नेपालभरि व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र गुणस्तरीय टेलिभिजन सेवा प्र्रदायक हो । आफना ग्राहकहरुलाई सेवाहरु र अफरहरु प्रदान गर्ने कुरामा भायानेट सधै अगाडि हुन्छ । यसै क्रममा ग्राहकहरुलाई किफायती मूल्यमा उत्कृष्ट इन्टरनेट प्रदान गर्नको लागि भायानेटले EMI अफर ल्याएको छ ।

EMI अफर अन्तर्गत ग्राहकहरुले आफूले लिन चाहेको भायानेट इन्टरनेटको प्याकेजको वार्षिक ग्राहक बन्दा एक मुष्ट रकम नतिरी EMI अर्थात् मासिक किस्ताबन्दीमा सरलरुपले शुल्क तिर्न सकिने प्रावधान छ ।

यो अफर मार्फत् ग्राहकले १२ महिनाको अवधिको मासिक EMI मात्र रु. १९५६ तिरेमा पाउनुहुनेछ १२ महिनाको अवधिको ३० Mbps इन्टरनेट र भायाटिभी टेलिभिजन प्याकेज र त्यस सम्बन्धी लाग्ने सबै जडान खर्च, फाइबर वाइफाइ डिभाइस र एउटा सेट–टप–बक्स (वैकल्पिक) सहित । EMI अफर लिने ग्राहकलाई थप १००० रिवार्ड प्वाईट पनि उपलब्ध गराइनेछ । यो अफर भायानेटको अन्य प्याकेजमा पनि उपलब्ध छ ।

यो अफर हाल एनआईसी एशिया बैंकको क्रेडिट कार्ड ग्राहकहरुको लागि सीमित छ । तर छिट्टै नबिल बैंक र अन्य बैंकहरुसँग पनि समझदारी हुने बताइएको छ ।

यसरी EMI मा पैसा तिर्दा ग्राहकहरुल १ वर्षको इन्टरनेट सहित जडान खर्च र डिभाइसहरुको मूल्य सजिलै मासिकरुपमा बिस्तारै तिर्ने सुविधा प्रदान गरिएको छ ।