भायानेटको नयाँ शाखा, प्रदेश २ को लहान बजारमा

 

भायानेट, नेपालभरि ब्यावसायिक र ब्यक्तीगत प्रायोजनको लागी उच्च गतीको इन्टरनेट र टेलिभिजन सेवा प्रदायक हो । २१ बर्ष देखी निरन्तर ग्राहकको सेवामा समर्पित भायानेट देशकै दोश्रो ठुलो निजी इन्टरनेट प्रदायकमा गनिन्छ । भायानेट देशैभरि सबैलाई कनेक्टेड राख्ने योजनामा प्रदेश २ को सिराहा जिल्ला, लहान बजारमा आफ्नो नयाँ शाखा बिस्तार गरेको छ ।

अब लहानका जनाताले भायानेटको सुपर स्पिड इन्टरनेट, मनोरन्जनको लागी १७५ भन्दा बढी च्यानल भएको भायाटिभी सहित, ग्राहकले अन्य थुप्रै सुबिधाहरुको प्रयोग गर्न पाउने छन् । बिशेष अफरमा, भायानेटको इन्टरनेट जडान गर्ने ग्राहकले ४ महिना सम्मको इन्टरनेट सुबिधा निशुल्क पाउने छन् ।

शाखा बिस्तारका क्रममा प्रदेश २ मा यस बर्ष भायानेट बिशेष प्राथमिकताका साथ लागी परेको छ । सोही क्रममा लहानपछि जनकपुर र बर्दिबासमा समेत भायानेट आफ्नो सेवा लिएर छिट्टै पुग्दै छ ।

लहानका इन्टरनेट प्रयोग कर्ताको अत्याधिक माग पश्चात भायानेटले आफ्नो शाखा बिस्तारमा लहानलाई चयन गरेको हो । लहानका ग्राहकले यो अवसरको भरपुर फाईदा उठाउनेमा कम्पनी बिश्वस्त छ ।