भायानेटका ग्राहकले अब २०० एमबीपीएस इन्टरनेट मात्र रु. ९९९ प्रति महिनामा पाउने

 

प्रेस विज्ञप्ति

भायानेटका ग्राहकले अब २०० एमबीपीएस इन्टरनेट मात्र रु. ९९९ प्रति महिनामा पाउने

जेठ ११, २०७९, काठमाडौं;

नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक मध्येको एक भायानेट कम्युनिकेसन लि. ले आफ्ना विद्यमान अल्ट्रा–फाई लाईनका प्रोडक्टहरुमा आकर्षक परिमार्जन ल्याएको छ । आफ्ना ग्राहकहरूको बढ्दो आवश्यकतालाई हेरेर उच्च गति र उच्च–गुणस्तरको इन्टरनेट सेवाहरू प्रदान गर्ने उद्देश्यले जारी गरिएका अल्ट्रा–फाई लाइनअपहरू अब अझै आकर्षक मूल्यमा आउने भएको हो ।

भायानेटका ग्राहकहरूले अब २०० एमबीपीएस को इन्टरनेट प्याकेजको वार्षिक सदस्यता मात्र रु. ९९९ प्रति महिनाको मूल्यमा पाउनेछन् । १७५+ लाइभ टिभी च्यानलहरूको फाइदा लिन चाहने ग्राहकहरूले सोही योजनाको भायाटिभी सहितको बन्डल पनि मात्र रु. ११०० प्रति महिनाको वार्षिक सदस्यतामा लिन सक्नेछन् । यी दुवै योजनाहरूमा मात्र रु. ५०० थपी डुअल ब्याण्ड राउटर, निःशुल्क जडान र प्रथम सेट टप बक्स प्राप्त गर्न सकिनेछ। यो प्याकेज मार्फत भायानेटले बिनाटिभी उच्च गुणस्तरको इन्टरनेट खोज्ने र आफ्नो इन्टरनेटको साथमा अत्याधुनिक आइपिटिभी सेवा चाहने दुवै वर्गका ग्राहकहरूको आवश्यकता पुरा गर्ने लक्ष्य राखेको छ।

त्यस्तै अझ बढी स्पिड र थप टिभी सब्स्क्रिब्सन लिन चाहने ग्राहकहरूका लागि भने कम्पनीले दुई ओटा भायाटिभी सहित २५० एमबीपीएस र तिन ओटा भायाटिभी सहित ३०० एमबीपीएस वार्षिक सदस्यता क्रमशः रु. १२५० प्रति महिना र १५०० प्रति महिनाको आकर्षक मूल्यमा पाउने ब्यवस्था गरेको छ ।

कम्पनीले आफ्ना विद्यमान अल्ट्रा–फाइ ग्राहकहरूको अल्ट्रा–फाइ योजनाहरूमा पनि कम्पनीको पोलिसी अनुसार अपग्रेड गरिसकेको छ।

यी परिमार्जनहरूसँगै भायानेटले अल्ट्रा–फाइलाई बजारमा उपलब्ध सबैभन्दा आकर्षक इन्टरनेट योजनाहरूमध्ये एक बनाउने लक्ष्य राखेको छ।

अल्ट्रा–फाइ प्लान सम्बन्धी थप जानकारीका लागि दिईएको लिंक हेर्नुहोस् www.vianet.com.np/ultrafi

भायानेट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट डिजिटल अनुभव, आकर्षक मूल्यमा प्रदान गर्न अग्रसर रहदै आएको छ । नेपालको अग्रणी इन्टरनेट र टिभी सेवा प्रदायकको रुपमा रहेको भायानेटले आफ्ना ग्राहकहरूलाई व्यक्तिगत र व्यावसायिक दुवै प्रायोजनका लागि इन्टरनेट सम्बन्धी नवीनतम समाधानहरू प्रदान गर्दै आएको छ ।