गुणस्तरीय इन्टरनेट सेवा प्रदायक Vianet को सेवा अब जनकपुर र बर्दिवासमा पनि ।

 

जनकपुर, कार्तिक १५ गते ।

नेपालभरि व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र टेलिभिजन सेवा प्र्रदायक भायानेट कम्युनिकेसन्स लि. ले आफ्नो सेवा विस्तार गर्ने क्रममा अब जनकपुर र बर्दिवासमा एकसाथ सेवा सुचारु गरेको छ । योृ सेवा विस्तारसँगैं कम्पनी अब देशका २४ शहरहरुमा गुणस्तरीय इन्टरनेट र टेलिभिजन सेवा प्रवाह गर्न सक्षम भएको छ ।

भायानेटले ग्राहकहरुका लागि विभिन्न प्रकारका योजनाहरु पनि समय समयमा संचालन गर्दै आएको छ । त्यस्तो योजनाबाट ग्राहकहरु लाभान्वीत हुन सक्नु हुनेछ र कम लागतमै गुणस्तरीय इन्टरनेटको सेवाको आनन्द उठाउन सक्नु हुनेछ । यसै सन्दर्भमा जनकपुर र बर्दिवासमा सेवा विस्तार भएको खुशीयाली बाँड्न ख्ष्बलभत ले १ वर्ष सब्सक्रिप्सन गर्ने ग्राहकहरुलाई ४ महिना तथा ३ महिना सब्सक्रिप्सन गर्ने ग्राहकहरुलाई २ महिना निःशुल्क इन्टरनेट सेवा प्रदान गर्ने र पहिलो १०० जना वार्षिक ग्राहकहरुलाई ४८ जिबी मोबाइल डाटा जगेडा भएको एनसेलको सिम कार्ड सित्तैंमा प्रदान गर्ने योजना अघि सारेको छ ।

भायनेटले नेपालमा पहिलो पटक फाइबर अप्टिक इन्टरनेट सेवा उपलब्ध गराएको थियो भनें सन् २०१६ मा यसले नेपालमा पहिलो आइपि टिभी सेवा पनि शुभारम्भ गरेको थियो । तीव्र गतिको स्तरीय इन्टरनेट सेवा प्रदायकको रुपमा परिचित भायनेट ISO 9001:2015 प्रामाणिक कम्पनी पनि हो ।

भायनेटले आफ्ना ग्राहकहरुलाई विश्वस्तरीय गुणवत्ताको सेवा प्रदान गर्न विश्वका प्रमुख ब्राण्डहरु नोकिया, जुनिपर, सिस्को र सियना जस्ता अत्याधुनिक प्रविधिमैत्री ब्राण्डहरुसँग सहकार्य गरेर देशभर पछिल्लो अत्याधुनिक प्रविधिको ब्रोडब्याण्ड सेवा विस्तार गर्ने उद्देश्य राखेको छ ।

जनकपुर र बर्दिवासमा इन्टरनेट सेवा विस्तारका सम्बन्धमा जानकारी दिंदै कम्पनीका सिइओ श्री सेवा पाठकले भन्नु भयो “हामी ग्राहकहरुलाई उच्चकोटी एवं उच्च क्षमताको ँबकत क्उभभम को इन्टरनेट सेवाको आनन्द प्रदान गर्न दत्तचित्त छौं । हाम्रा प्राविधिकहरु हर हमेसा त्यही लक्ष्यमा समर्पित भएर कार्य सम्पादन गरिरहेका छन् । मलाई विश्वास छ, जनकपुर र बर्दिवासका ग्राहकहरुले अब बिना कुनै व्यवधान इन्टरनेट सेवा प्राप्त गरेर आफूहरुलाई सारा विश्वसँग जोड्न सफल हुनु हुनेछ ।”

आजको विश्व इन्टरनेटमा निर्भर रहेको छ । हाम्रो सम्पूर्ण दिनचर्याको अधिकाँश हिस्सा इन्टरनेटकै सेरोफेरोमा बित्ने गर्दछ । यदि यस्तो अवस्थामा इन्टरनेटको गति तीव्र नहुने र गुणस्तर कमजोर हुने हो भनें हामी समेत सुस्त हुन पुग्दछौं । यसैले भायानेटले अत्यधिक तीव्र गतिको उच्च गुणस्तरीय इन्टरनेट सेवा प्रवाह गरेर ग्राहकहरुलाई हरदम अगाडी बढ्न सहयोग पु¥याउँदै आएको छ । साथै विभिन्न सूचनामुलक, समाचारमुलक र मनोरन्जनात्मक टिभी च्यानलहरु समेत एउटै छानामुनी उपलब्ध गराएर ग्राहकहरुलाई थप सुविधा पनि प्रदान गर्दै आइरहेको छ । अतः आजै भायनेटको सेवा लिनु भई सधैं अद्यावधिक एवं सुसूचित र सुनिश्चित् रहनुहोस् ।